• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • विदेश
  • अर्थ
  • समाज पोष्ट
  • खेलकुद
  • कुराकानी
  • कला/मनोरंजन
  • English
आज: २०८२ जेष्ठ ८, बिहिबार
  • मुख्य समाचार
  • समाचार
  • शिक्षा / स्वास्थ्य
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • विचार
  • कुराकानी
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
२

डेंगु संक्रमणमा रगतको अभावलाई कम गर्न भद्रबासमा रक्तदान कार्यक्रम

७ महिना अघि
३

पर्खाइ

७ महिना अघि
४

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

१ साल अघि
५

लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

१ साल अघि
६

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
७

भद्रबासमा रक्तदान कार्यक्रम सञ्चालन गरिँदै

७ महिना अघि
८

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

आज काग तिहार मनाइँदै

६ महिना अघि
११

कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

१ साल अघि
१२

‘करण अर्जुन’ फेरि रिलिज हुने

६ महिना अघि

ताजा अपडेट

१

मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

१ महिना अघि
२

मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

१ महिना अघि
३

भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

२ महिना अघि
४

मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

२ महिना अघि
५

भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

२ महिना अघि
६

मनास्लु स्कुलको भर्ना अभियान

३ महिना अघि
७

रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

४ महिना अघि
८

भुमेश्वरी पूर्व विद्यार्थी समाजको भेला सम्पन्न

५ महिना अघि
९

उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

६ महिना अघि
१०

नेपाल फेरि उपविजेता , बंगलादेश बन्याे च्याम्पियन

६ महिना अघि
११

आज काग तिहार मनाइँदै

६ महिना अघि
१२

नेपाल र बंगलादेश भिड्दै, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने

६ महिना अघि
होमपेज /  अर्थ
  • ३३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरोना भाइरसविरुद्ध कर्णालीमा ‘मेडिकल मार्च

  • समाज पोष्ट
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ । ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन’, सामाजिक विकासमन्त्री दल रावलले भने, ‘कोरोना भाइरसविरुद्ध कर्णालीमा अहिले एक महिने मेडिकल मार्च अभियान शुरु गरेका छौँ ।’ कोरोनामुक्त कर्णालीका लागि मेडिकल मार्च शुरु गरिएको उनको भनाइ छ । यसका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको बताउँदै उनले हालसम्मको कोरोना रोकथाम, नियन्त्रण र पूर्व तयारीका गतिविधि सन्तोषजनक रहेको बताए ।

    ‘कोरोना भाइरस जोखिमबाट कर्णाली पनि अछुतो रहन सक्दैन् तर यसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि हामी निकै लागिपरेका छौँ’, मन्त्री रावलले भने, ‘रु ५० करोडको कोरोना कोष स्थापना, क्वारेन्टाइन, आइसोलेशन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ ।’

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाई कोरोना भाइरस नियन्त्रणका लागि हबका रुपमा अघि बढाइएको छ । यी अस्पताललाई आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ । हालसम्म कर्णाली ‘ग्रीन जोन’का रुपमा छ । ‘यो भाइरसको सङ्क्रमण नियन्त्रणमा स्वास्थ्यकर्मी, स्थानीय सरकार र प्रशासनको ठूलो भूमिका छ’, उनले भने, ‘कोरोना भाइरसमुक्त कर्णाली भनेर भन्ने दिनको पर्खाइमा छौँ ।’

    कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई मध्यनजर गर्दै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको टोली खटाएको छ । ‘मेडिकल मार्च’ नाम दिइएको यो अभियानमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको छ । मेडिकल मार्चमा सुर्खेतस्थित प्रदेश अस्पतालबाट ११ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९ जना चिकित्सक खटिएका छन् । बाँकी ७ स्थानमा सम्बन्धित जिल्लाका चिकित्सक जाने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कुनै स्थानमा दुई चिकित्सक खटाइएका छन् । एउटा टोलीमा चिकित्सकसहित सरदर छ जनाका दरले स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । यस हिसाबले मेडिकल मार्चअन्तर्गत एकैपटक करिब २ सय चिकित्सक र स्वास्थ्यकर्मी कर्णालीका बस्तीमा युद्धस्तरमा खटिएको मन्त्री रावलले बताए । उनका अनुसार प्रतिष्ठानको टोली जुम्ला, कालीकोट, मुगु र हुम्ला तथा प्रदेश अस्पतालको टोली दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा गएको छ ।

    प्रदेश सरकारले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेशले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । कर्णालीका पाँचवटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्ने व्यवस्था गरिएको छ भने तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायिक अस्पताल चौरजहारीले हेर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ खटिन मन्त्री रावलले आग्रह पनि गरे ।

    स्थास्थ्यकर्मीको टोली कम्तीमा १० दिनसम्म खटाइएको स्थानमा बस्ने जनाएको छ । सो अवधिमा टोलीले स्थानीयस्तरमा स्वास्थ्य जाँच र कोरोना परीक्षण गर्नेछ । मन्त्री रावलका अनुसार यो अवधिमा ७९ वटा स्थानीय तहका ७ सय १८ वटा वडामा स्थानीयवासीको कोरोना परीक्षण हुनेछ । ‘अभियानमा कुनै पनि वडाका बासिन्दा कोरोना परीक्षणबाट छुट्ने छैनन् । ‘शंकास्पद देखिएका र विदेशबाट आएका व्यक्तिको आरडिटी गर्नुका साथै स्वाब सङ्कलन गरेर पीसीआर पनि परीक्षण गरिनेछ’ उनले भने, ‘हाम्रो योनजाअनुसार प्रयोगशाला र परीक्षण सामग्री पुगे भने १० दिनभित्र कर्णालीमा कोरोनाको अवस्था स्पष्ट हुनेछ ।’

    ‘कोरोनामुक्त कर्णाली’

    टोलीको सहयोगमा प्रत्येक वडामा १० जनाका दरले करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको पनि मन्त्री रावलले बताए । ‘सबै नेगेटिभ भेटिएको खण्डमा कर्णाली प्रदेशमा लकडाउन खुलाइनेछ’, उनले भने, ‘बाहिरबाट आउने क्रम पूर्णरुपमा नाका बन्द गरिनेछ ।’

    यो अवधिमा कसैमा कोरोना देखिएमा सङ्क्रमण नियन्त्रणको लागि थप प्रक्रिया सुरु गरिने र नदेखिएमा ‘कोरानामुक्त कर्णाली’ घोषणा गरिने मन्त्री रावलले बताए । कोरोना देखिएमा सम्बन्धित स्थानमै आइसोलेशनमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । ‘यदि कसैमा पनि कोरोना देखिएन भने हामीले सङ्घीय सरकारसँग समन्वय गरी ‘कोरोनामुक्त कर्णाली’ घोषणा गर्नेछौं’, उनले भने, ‘त्यसकै लागि गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएर परीक्षण अभियान थालेका हौं ।

    • #कोरोना
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ सम्बन्धि थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    भद्रवासमा घुम्ती कवि गोष्ठी आयोजना गरिँदै

    मनास्लु स्कुलको भर्ना अभियान

    ताजा समाचार
    १

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    २

    मनास्लु स्कुलले चैत १६ गते वार्षिक उत्सव मनाउँदै

    ३

    भद्रवासमा १४८ औँ घुम्ती कविता गोष्ठी सम्पन्न

    ४

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    समाचार
    थप

    मनास्लुद्वारा तीन विशिष्ट शिक्षासेवी र नेपाल साइकलयात्री सम्मानित

    मनास्लुकाे भर्ना अभियान, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिने उदेश्य

    रेडक्रस सोसाइटी कागेश्वरीको वार्षिक उप–शाखासभा सम्पन्न, पाँच लाख अनुदान दिने घोषणा

    उपनिर्वाचन : कांग्रेसकाे कमाण्ड विश्वप्रकाशले सम्हाल्ने

    बिशेष
    थप

    अब लाइसेन्स बाेक्नु नपर्ने !

    निःशुल्क एम्बुलेन्स चढाउने हुटहुटीले माधव कुइँकेललाई बनायो साइकल यात्री

    चार हजार मिटर उचाइमा पाँचपोखरी महिला ट्रेल रेस

    दुई आयाेगका पदाधिकारी नयुक्ति गर्न सिफारिस समिति गठन

    समाज पोष्ट टि.भी.
    थप
    • सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी
    • रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
    • चितवनका पत्रकारको पिसिआर परीक्षण गर्न माग
    • क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

    पत्राचार ठेगाना

    समाज पोष्ट डट कम का लागी
    ठेगाना: कागेश्वरी मनाेहरा- ४ डाँछी काठमाडौं
    सुचना विभाग दर्ता नं.:
    प्रेस काउन्सिल नेपाल दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: 9851005165

    हाम्रो टीम

    संचालक: दिनेश घिमिरे
    सम्पादक: केबि भट्टराई
    सम्वाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • खेलकुद
    • समाज पोष्ट
    • कुराकानी

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ समाज पोष्ट मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution