काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित भद्रवासमा रहेको मनास्लु वर्ल्ड स्कुलमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । यही जेठ १७ गते शनिबार विद्यालय प्रांगणमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म शिविर सञ्चालन गर्न लागिएको हो । शिविरको आयोजक भद्रेश्वोर फार्मेसी एण्ड क्लिनिक र मनास्लु स्कुल सह–आयोजक रहेको छ । सामुदायिक स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने उदेश्यले शिविर सञ्चालन गर्न लागिएको स्कुलका निर्देशक दिनेश घिमिरेले जानकारी दिए । निशुल्क स्वास्थ्य परिक्षण, मधुमेह, रक्तचाप, मुटुरोगको परिक्षण गरिनेछ भने निशुल्क औषधी वितरण गरिने घिमिरेले बताए । शिविरमा उपस्थितिका लागि आह्वान पनि गरे ।