काठमाडौं । जग्रेश्वर योग साधना केन्द्रले तेस्रो वार्षिक साधारणसभा आगामी शनिबार (असार १४) गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका स्थित भद्रबासमा रहेको साधना केन्द्रको साधारणसभा शनिबार गर्नका लागिएको हो । मनास्लु वर्ल्ड स्कुलको प्रांगणमा बिहान ५ः३० बजे सभाको आयोजना गरिएको साधाना केन्द्रका सचिव दिनेश घिमिरेले बताए ।नगरप्रमुख उपेन्द्र कार्की प्रमुख अतिथि रहने कार्यक्रममा पालिकाभरका योग साधकको उपस्थिति रहने घिमिरेले बताए ।