दिनेश घिमिरे
शिक्षा मानिसको अन्तरनिहित प्रतिभालाई बाहिर प्रष्फुटन गर्नु हो, शिक्षाले नै मानव जीवनलाई समृद्धितर्फ डाेर्याउँछ, र असल समाजको निर्माण गर्दछ। नेपालमा शिक्षाको विगत, वर्तमान र भविष्यलाई नजर अन्दाज गर्दा शिक्षामा प्रगति दिनानू दिन निरन्तर भइरहेको नै देखिन्छ । तर, नेपालमा वर्तमान समयलाई मूल्याङ्कन गर्दा विगतलाई हामी भुल्न वा विर्सनु हुँदैन।
ढुङ्गे – युगबाट प्रारम्भ भएको शिक्षा जुन समयमा मानव समाज रहित अवस्था थियो । विगतमा शिक्षाको अवस्था नाजुक थियो। गुरुकुल शिक्षा, गुरुहरुले शिष्यहरुलाई भेला पारेर वा शिष्यहरुले गुरुहरुलाई खोज्दै पनि शिक्षा आर्जन गरे, नेपालमा राणा कालका समयमा विद्यालय खुलेकै थिएनन् जे जति थिए राणा परिवारका छोरा छोरीले मात्र पढ़न पाउथे, तर समय बदलिदै गयो ।
मानिसको चेतनाको स्तर वदलिएपछि आज नेपालमा शिक्षामा धेरै आमूल परिवर्तन भएको छ, कुनै समय नेपालमा पढ्नका लागि विद्यालयहरु खुलेका थिएनन् भने पढ्ने मानिसहरु भारतका विभिन्न विद्यालय विश्व – विद्यालय गएर पढ्ने परिपाटीवाट आज मुक्त भएर अहिले नेपालमा सामुदायिक विद्यालयहरु र संस्थापक विद्यालयहरू आवश्यकता अनुसार खुलेका छन्। त्यसैगरी वि.स.२०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय एउटा मात्र थियो। आज ६/७ वटा विश्वविद्यालयहरु खुलिसकेका छन् समाजमा शिक्षित प्रतिशत बढेको छ । यसैगरी देशमा शिक्षित प्रतिशत उच्च नै देखिन्छ, तर संस्थापक विद्यालय र सामुदायिक विद्यालयका बीचको अन्तर -कलह नियमित चलिरहेको छ, अहिले सामान्य देखि उच्च राज्यको प्रमुख निकायसम्म भुषको आगो बनेर नियमित फैलिरहेको छ।
विस २०२८ सालमा सक्रिय शिक्षा ऐन बनेबाट नै त्यसमा टेकेट सामुदायिक विद्यालय लाई कायम गर्दे संस्थापक विद्यालय स्थापना गर्ने मिल्ने प्रावधान सरकारले कायम गर्यो तर विद्यालय खोल्ने आँट कसैले गरेन, विस्तारै जनता शिक्षित भएर पढे लेखेका मानिसहरुको सङ्ख्या बढेर गयो, त्यसपछि शिक्षालाई कम्पनीमा लैजान मिल्ने राज्यको क्षेत्राधिकारलाई सम्मान गर्दै शिक्षित व्यक्तिहरुले विद्यालय खोल्दै गए । यो परिपाटी लगभग ४ दशक (४० वर्ष कायम हुँदा नेपालमा संस्थापक र सामुदायिक विद्यालया हजारौँ भए तर जे कुरामा पनि प्रतिष्प्रधा नै हुन्छ सरकारी विद्यालय राज्यका अधिनमा चलेका छन् भने संस्थागत विद्यालयनिजि लगानीमा चलेका छन् । निजि लगानीकर्ताले कठिन परिस्रम र मिहिनेत गरेर स्थापना भएका संस्थापक विद्यालयहरुका वीचमा राज्यले लगानी गरेका, विद्यालयहरुका बिच प्रतिष्प्रर्धा नै भयो र अहिले देश भरि नै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र देश भरि कै संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी कीच तुलाना गर्ने हो भने तीन भागको भाग मात्र राज्यले सामुदायिक विद्यालयमा पढाउन सकेको छ, यसमा संस्थापक विद्यालय सञ्चालकले आफ्नो धनसम्पति र परिश्रम बेचेर संस्थापक विद्यालयलाई दरिलो बनाए भने सामुदायिक विद्यालय दिनानुदिन खस्किदो अवस्थामा छ राजाको काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ गर्न योग्य सामुदायिक विद्यालय रहेको कुरामा कुनै दुई मत देखिदैन।
राज्यले सरकारी विद्यालयलाई विभिन्न किसिमका सेवा सुविधा दिएपनि सोचें जस्तो परीक्षाको नतिजा ल्याउनमा पहाड़ी परिरहेको छ ,यो सबै कारण भनेको राज्यको कुशल शैक्षिक निति निर्माण नभइ आफू खुसी चलिरहेको नेपालको शैक्षिक प्रणाली हो। हामी शैक्षिक क्षेत्रमा लागेका मानिसहरु नियमित काम गर्दछौं। आफ्नै विद्यालयमा ज्ञान बाढ्दछौं। परिश्रम गरेर बचाएर विद्यालयले भवन, गाडी, भौतिक सामाग्री र आर्थिक लाभ प्राप्त गन्यो भन्ने भान परेर सरकारले संस्थापक विद्यालयलाई हेर्ने दृष्टिकोण सामुदायिक विद्यालयको भन्दा फरक छ, यो सबै भनेको राज्य सञ्चालकहरुले बुभ्नु पर्ने विषय भित्र आउँछ, वर्तमान नेपालमा शिक्षालाई धान्न संस्थापक विद्यालयको भूमिका अपरिहार्य नै देखिन्छ, तर केही बाँदरले आफ्नो पनि घर बनाउँदैन अरुको पनि भत्काउँछ भन्ने कुरालाई आज स्पष्ट बनाइरहेको छ, न सरकारी विद्यालय राम्रो सञ्चालन गरेर राम्रो स्थापित विद्यालय बनाउन पछि राज्य लाग्न सकेको छ, न संस्थापक विद्यालयलाई राम्रो गर्यो भनेर प्रओत्साहन गर्दछ, न निर्धक्कसँग आफ्नो व्यवसायलाई विश्वासिलो बनाउन दिन्छ, यहाँ राज्यको नै कमिकमजोरी धेरै देखिन्छ, जस्तो लाग्दछ ,राज्यसँग शिक्षालाई राम्रो बनाउने तीव्र इच्छाशक्ति भए आजसम्म औसत विद्यालयहरू बाहेक कुनै पनि सामुदायिक विद्यालयको नतिजा र गुणस्तरीय शिक्षाको बहसमा राज्य जान सक्दैन ।हामीले संस्थापक र सामुदायिक विद्यालय जुन सुकैमा पढाए पनि हाम्रो देशको शिक्षाले अन्य देशको शिक्षासँग वा विश्व बजारसँग प्रतिस्र्पर्धा गर्ने सक्ने जनशकति देखिनुपर्दछ ।
(लेखक दिनेश घिमिरे संस्थापक निर्देशक- मनास्लु वल्र्ड स्कुल कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रवास तथा काठमाडौं एन प्याब्सन सदस्य हुन् ।)